एनआईसी एशिया बैंकको नयाँ काउन्टर कृष्णनगरमा



एनआईसी एशिया बैंकले कपिलवस्तुको कृष्णनगरमा विस्तारित काउण्टर संचालनमा ल्याएको छ। बैंकले नगरपालिका वडा नम्बर २ स्थित कृष्णनगर विस्तारित काउण्टर बुधबारबाट सञ्चालनमा ल्याएको हो।

काउण्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गर्नुभएको थियो। उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरूलाई बैकिङ सेवा प्राप्त गर्न थप सहज हुने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्