एनएमबी बैंकलाई ‘आईएसओ २७००१:२०१३’ प्रमाणपत्र



एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१:२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ। बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो।

टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्र्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। १४५ वर्षअघि स्थापना भएको टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो।

आईएसओ २७००१ मापदण्डले एनएमबी बैंकद्वारा सूचना प्रणालीको सुरक्षाका जोखिम पहिचान, व्यवस्थापन तथा जोखिम कम गर्ने प्रक्रियाका साथै व्यवसायका लागि कार्यप्रणाली र संरचना स्थापित गरेको प्रमाणित गरेको छ।

प्रतिक्रिया दिनुहोस्