शेयर बजारमा क्रमश: सुधार



नेपाल समाचारपत्र, काठमाडौं।

बुधवार शेयर बजारमा सुधार देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८ दशमलव ७३ अंकले बढेर ११२४ दशमलव ४७ अंकमा पुगेर रोकिएको छ।
बुधवार बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। जीवन बीमा समूह र निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त समूहको उप सूचक समेत उल्लेख्य बढेका छन्।

जीवन बीमा समूहको उप सूचक २ दशमलव ८१ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको उपसूचक २ दशमलव ५६ प्रतिशतले बढेको छ। बुधवार कारोबार रकम समेत बढेको छ। १६९ कम्पनीका नौ लाख ९० हजार कित्ता शेयर ३० करोड रुपियाँमा खरिदबिक्री भएका छन्।

यस दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ। कम्पनीको मात्रै दुई करोड ८२ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार रकमकै आधारमा एनआईसी एशिया बैक दोस्रो भएको छ। बैंकको एक करोड ९३ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्