प्रतिबन्ध हटाएमा वार्ता गर्न तयार : रुहानी



तेहरान, (एजेन्सी)।

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले नियमविरुद्धको प्रतिबन्ध हटाएमा अहिले पनि इरान परमाणु वार्ता गर्न तयार रहेको बताएका छन्।सरकारी टेलिभिजनबाट प्रसारित आफ्नो बयानमा रुहानीले भने– ‘यदि अमेरिका प्रतिबन्ध हटाउन तयार छ भने हामी वार्ताका लागि तयार छौं।’

रुहानीले इरानको जर्मनीसहितको विश्वका प्रमुख शक्ति राष्ट्रहरूसँग भएको सम्झौताअन्तर्गत वार्तामा फर्कन लामो समयदेखि अमेरिकी प्रतिबन्ध हटाउन माग गर्दै आइरहेको छ। रुहानीले इजराय र साउदी अरेबियातर्फ इंगित गर्दै भने– ‘हामी अहिले पनि प्रतिबन्धमा छौं। यो स्थिति यहुदी र सुधार विरोधी शक्तिको षडयन्त्रका कारण उत्पन्न भएको हो।’

रुहानीले भने– ‘यो स्थितिमा पनि हामीले वार्ताको विकल्प बन्द गरेका छैनौं। अमेरिका जुन बेला प्रतिबन्ध हटाउन तयार हुन्छ र गलत, क्रुर, नियमविरुद्धका प्रतिबन्धहरु हटाउनेछ इरान तत्काल ५ जोड १ देशसँग महत्वपूर्ण वार्ता गर्न सक्छ, यसमा हामीलाई कुनै समस्या नहुने बताउन चाहन्छु।’

सन् २०१५ को सम्झौताले इरानलाई परमाणु कार्यक्रममाथि प्रतिबन्दको बदलामा आर्थिक प्रतिबन्धबाट राहत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्