महिलालाई जीविकोपार्जनका लागि सहयोग



नेपाल समाचारपत्र, रुकुम

हिंसा तथा द्वन्द्व प्रभावित महिलालाई उनीहरूको जिविकोपार्जनमा सघाउ पुर्याउनका ओरेक नेपालले गरेको छ। रुकुम पश्चिम त्रिवेणीको खारा र बँँफीकोटको पिपलका २३ जना हिंसा तथा द्वन्द्व प्रभावित महिलालाई ती महिलाहरूकै योजनाअनुसार बीउ पुजीँस्वरुप प्रतिव्यक्ति १७ हजार नगद दिइएको हो।

उनीहरूलाई उद्यमि तथा व्यवसायिक बनाउनका लागि बीउ पूँजी प्रदान गरिएको ओरेक नेपाल रुकुमका कार्यक्रम अधिकृत दुर्गा बजगँईंले बताउनुभयो। वडा अध्यक्षको रोहबरमा उनीहरूलाई सो रकम दिइएको हो।

दुई दिनको तालिमपश्चात प्रभावितहरूकै योजनाअनुसार सो रकम दिइएको अधिकृत बजगाँईंले जानकारी दिनुभयो। बाँफिकोट गाउँपालिकाका–१ र २ तथा त्रिवेणी गाँउपालिका–३, ४ र ५ वडाका प्रभावितलाई सो रकम प्रदान गरिएको हो।

तरकारी खेती, बाख्रापालन, पानी घट्ट सञ्चालन, किराना पसल सञ्चालन तथा अदुवा लगाउने प्रयोजनमा सो रकम प्रयोग गर्ने प्रभाबितहरूले बताएका छन्। उनीहरूकै योजनाअनुसार रकम प्रदान गरिएकाले सही सदुपयोग हुनेमा आशावादी भएको ओरेक नेपाल रुकुमकी जिल्ला कार्यक्रम अधिकृत बजगाँईको भनाइ छ। बाँफिकोट गाउँपालिकाको पीपल र त्रिवेणी गाउँपालिकाको खाराका प्रभावितले सो रकम पाएका हुन्। खारा र पिपल पाते द्वन्द्व प्रभावित क्षेत्र हुन्

प्रतिक्रिया दिनुहोस्