शिव श्रेष्ठको राजारूप



सुटिङ फ्लोरमा रहेको फिल्म प्रेमगीत ३ को फस्ट लुक्स सार्वजनिक गरिएको छ। फस्ट लुक्सका रूपमा एउटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो।आगामी चैत २८ रिलिज डेट तोकिएको प्रेम गीत ३ का अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा शिव श्रेष्ठ राजाका रूपमा प्रस्तुत भएका छन्।

फिल्मका मुख्य अभिनेता प्रदीप खड्का राजकुमारको रूपमा छन्। शिवलाई पोस्टरमा पनि राजाका रूपमा देख्न सकिन्छ। फिल्मको यो दोस्रो लुक्स हो। यसअघि फिल्मका मुख्य अभिनेता प्रदीप खड्काको क्यारेक्टर तस्वीर फस्ट लुक्सका रूपमा प्रस्तुत गरिएको थियो। फिल्म प्रेम गीत र प्रेम गीत २ को सफलतापछि प्रेम गीत ३ निर्माण गरिएको हो।

फिल्म कीर्तिपुरस्थित इन्डोर स्टुडियोमा प्रस्तुत गरिएको छ। यसका निर्माता निर्देशक, अभिनेता सन्तोष सेनका अनुसार फिल्मको ५५ प्रतिशत छायांकन सम्पन्न भइसकेको छ भने बाँकी केही छायांकनका लागि फिल्म युनिट मनाङतर्फ लागेको छ।

फिल्ममा प्रदीप खड्का र शिव श्रेष्ठका साथमा क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, संवृद्धि शाही ठकुरीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चक्रबहादुर चन्द र डम्बरविक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार शान सेन सहनिर्मातामा छन्। दुई सय वर्ष पुरानो प्रेमकथामा निर्माणाधीन फिल्म छेतेन गुरुङ र सन्तोष सेनले संयुक्तरूपमा निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्