सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न शिलबन्दी गरेको ज्वेलर्स खोल्न सर्वोच्चको आदेश



न्युज अफ नेपाल, काठमाडौं ।

सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न शिलबन्दी गरेको ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरिदिएको हो ।

समितिले २८ जेठ २०७५ मा न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलरीमा शिलबन्दी गरेको थियो । सञ्चालक राजेन्द्र शाक्य सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परिसकेपछि शिलबन्दी गरिएको थियो ।

सञ्चालकलाई जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । ज्वेलरीबाट करिब ९ करोड रुपैयाँ बराबरको गहना पनि बरामद गरी उक्त गहनाको मुद्दा जिल्ला अदालत मोरङमा विचाराधीन रहेको भन्दै यसबारे केही बोलेन ।

यसका सञ्चालक चेतन भण्डारी भने अझैसम्म फरार छन् ।

प्रतिक्रिया दिनुहोस्