साग महिला ह्याण्डबलमा नेपालको जित



न्युज अफ नेपाल, पोखरा ।

१३ औं साग खेलकुद अन्तरगत ह्याण्डबल खेल आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद जितको सुरूआत गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ ले पराजित गर्दै सुखद् सुरूआत गरेको हो ।

विजेता नेपालको तर्फबाट निशा राईले खाता खोलेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्