आलिया र रणवीर गहिरो प्रेममा



फिल्म ‘स्टुडेन्ट अफ दी इयर’ पछि आलिया भट्टले बलिउडमा एक छत्र राज गरिन्। एकपछि अर्को गर्दै धेरै उत्कृष्ट फिल्म दिइन्। आलियालाई फिल्ममा मात्रै होइन उनका फ्यानले सोसल मिडियामा पनि उत्तिकै पछ्याए।

उनी इन्स्टाग्राममा आफ्ना आकर्षक र सेक्सी फोटो र भिडियो सेयर गर्छिन्। इन्स्टाग्राममा उनका ४० मिलियनभन्दा धेरै फलोअर्स छन्। आलियाले २०१२ मा करण जौहरको फिल्म स्टुडेन्ट अफ दी इयरबाट बलिउडमा डेब्यु गरेकी हुन्। यो फिल्ममा आलियाको चार्मिङ लुक र उनको एक्टिङ निकै मन पराइएको थियो। फिल्ममा उनको साथमा सिद्धार्थ मल्होत्रा र वरुण धवन थिए। यसपछि आलियाले हाइवे, टु स्टेट्स, हम्टी शर्माकी दुल्हनियाँ, उडता पञ्जाब, राजी, डियर जिन्दगी, बद्रीनाथकी दुल्हनियाँ, कलंक र गली ब्वाईजस्ता फिल्ममा काम गरिन्।

आलियाको नाम अहिले अभिनेता रणवीर कपुरसँग जोडिएको छ। दुवै प्रायः एकसाथ देखिन्छन्। एक अवार्ड कार्यक्रममा आलियाले भी रणवीरलाई ‘आई लभ यु’ भनेर आफ्नो प्रेम प्रकट गरेकी थिइन्। खबरअनुसार दुवै छिट्टै विवाहबन्धनमा बाँधिने तयारीमा छन्। आलियाका सडक– २, ब्रह्मास्त्र, तख्त र गंगुबाईजस्ता फिल्म आउँदै छन्। राजामौलीको फिल्म आरआरआरबाट साउथमा पनि डेब्यु गर्दै छिन्।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्