करातेमा अनुपमालाई स्वर्ण, नेपालको स्वर्ण संख्या २५ पुग्यो



न्युज अफ नेपाल, काठमाडौं ।

करातेमा नेपालको अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा अनुपमा मगरले बुधबार स्वर्ण पदक जितेकी हुन् ।

उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुने । नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् । उनले अर्की नेपाली खेलाडी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् ।

त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् । करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । करातेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदक विहिन भएको छैन । करातेका अब ३ इभेन्ट बाँकी छन् ।

१३ औं दक्षिण एसियायली खेलकुदमा नेपालले अहिले सम्म प्राप्त गरेको पदक

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

६.डुवाथोलन – लक्ष्मण मल्ल

७. डुवाथोलन – हुमी बुढा मगर

८. महिला भलिबल टोली

९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

९. एथलेटिक्स (१० हजार मिटर)– दीपक अधिकारी

१०.उसु (थाउलो) – हरि प्रसाद गोले

११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)

१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)

१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)

प्रतिक्रिया दिनुहोस्