सुदूरपश्चिमको लोकप्रिय भुँवा खेल शुरू



नेपाल समाचारपत्र, डोटी। 

सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल (नाच) भुँवा खेल डोटीबाट शुरू भएको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका–५ बागठाटा गाउँबाट उक्त खेल शुरू भएको हो। करिब ५ देखि ७ दिनसम्म खेलिने उक्त भुवाँ खेल खेलिने भएको सो वडाका वडाध्यक्ष मदन भण्डारीले बताउनुभयो। उहाँका अनुसार डोटेली राजाका पालादेखि भुवाँखेल (नाच) खेल्न शुरू गरिएको हो।

कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठ वटासम्म भुँवा खेल्ने गरिन्छ। सैनिकलाई तालिम दिन र मैदानमा दुस्मनसँग कसरी लड्ने र विजय हासिल गर्ने भन्ने कला नाचमा देखाइने गरेको दीपायलका स्थानीयबासी तथा कांग्रेस नेता विजय खड्काले बताउनुभयो। ‘पुरानो युद्ध कला र त्यसको जर्गेना गर्ने उद्देश्यले यो नाच खेलिन्छ’, उहाँले भन्नुभयो– ‘युद्धमा आफू कसरी बच्ने र दुस्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनकता नै अर्कै हुन्छ।’

हातहातमा ना·ो तरबार बोकी खेलाडीहरूले पुरानो राजाको पालाको पोसाक पहिरिई पंक्तिबद्ध तरिकाले यो भुँवा खेल खेल्ने गरिन्छ। विजया दशमीको दिन जिल्ला सदरमुकाम सिलगढीको कालढु·ा भन्ने ठाउँमा उराउ बाजा बजाएपछि यो खेल शुरू हुने भएपनि यहाँका स्थानीयले मंसिरको तेस्रो साताबाट खेलको शुरूवात गर्ने गरेको अर्का स्थानीय दीपकबहादुर भण्डारीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘उराउ बाजा बजाएपछि खेल हुने बारे निश्चित हुन्छ तर स्थानियबासीको फुर्सद अर्थात् खेतीपातीको काम सकिएपछि मात्रै यो खेल सुचारु हुन्छ।’ पाँच दिनसम्म लगातार खेल्ने भुँवा खेल डोटीलगायत यहाँका पहाडी जिल्ला बाजुरा, अछाम तथा बझाङमा समेत खेल्ने गरिन्छ। दिनमा ना·ो तरबारले भुँवा खेल्ने र राती परापूर्वकालका राजा रजौटाका बारेमा देउडा खेल खेल्ने चलन रहेको स्थानीयबासीहरू बताउँछन्।

पाँच दिनको अवधिमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा राणाकालीन दरबार डोटी गौँडमा समेत यो खेल देखाई छैठांै दिनमा कालढु·ामा नै गएर यो खेलको विसर्जन हुने गरेको दिपायलका अर्का स्थानीय गणेश भण्डारीले बताउनुभयो। यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो।

जुन खेलमा दुई जना खेलाडीले हातमा ना·ो तरबार समाती नाँच्दा नाँच्दै एक अर्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्दछन्। भुँवा देउडामा सबै खेलाडीसामेल हुने भएपनि ‘घाँ’ खेलमा भने सबैलाई समावेस गरिंदैन। यो खेलमा चोट पटक लाग्न सक्ने भएकाले ‘घाँ’ खेल खेल्नमा पोख्त भएकालाई मात्रै खेल खेल्न दिने नियम रहेको ‘घाँ’ खेलमा पोख्त मानिएका स्थानीयवासी डम्बरबहादुर भण्डारीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘घाँ खेल अलि खतरनाक भएकाले हामी सबैलाई उक्त खेलमा समावेश गर्दैनौं, पोख्त भएका र युवालाई खेल्न दिन्छौं।’ डोटीमा हुने भुँवा नाच हेर्न छिमेकी जिल्ला डडेल्धुरा तथा डोटीका ग्रामीण क्षेत्रका स्थानीयहरू पनि आउने गदर्छन्। जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट खेल हेर्न आउनेका कारण उक्त खेल झन रोचक तथा रमाइलो हुने गरेको स्थानीयवासीहरू बताउछन्।

प्रतिक्रिया दिनुहोस्