खाली घरमा युवकको शव फेला



बाँके, (नेस)।

नेपालगन्जमा युवकको शव फेला परेको छ। प्रहरीका अनुसार, नेपालगन्ज–४ का ३१ वर्षीय रतनबहादुर शाहीको शव गणेशपुरमा बिक्रीमा रहेको घरमा फेला परेको हो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ।

शरीरमा कुनै घाउ, दाग नदेखिएको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो। अत्याधिक लागूऔषधी सेवन गरेका कारण शाहीको मृत्यु भएको आशंका गरिएको छ। स्थानीयका अनुसार, उक्त घर केही दिनदेखि लागूऔषध प्रयोगकर्ताको ‘अखडा’ बनेको थियो।

लागूऔषध प्रयोग गर्नेहरू जम्मा हुने भएकाले शाही पनि त्यही प्रयोजनका लागि त्यहाँ पुगेको र अत्याधिक सेवनका कारण मृत्यु भएको प्रहरीको अनुमान रहेको छ। नेपालगन्जमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गर्दा नयाँ बन्दै गरेका घर र कल्भर्टमा जम्मा भएर लागूऔषधी सेवन गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्