नेपाल खुसी माल्दिभ्स झनै खुसी



नेपालमा जारी १३औं साग गेम्सको नतिजा धमाधम नेपाली खेलाडीको पोल्टामा पर्या पर्यै छ । खेलाडी छुरा भा हुन् कि घरेलु मैदानको फाइदा उठाएका हुन् मेडलको वर्षा खुब चल्या छ ।

मेडल पाउँदा खेलाडी दङ मख्य पर्या छन्, उनका कोच पनि गजक्क पर्या छन्, नाक पनि फुलेर लौका झै ठूलो भा’छ । नेपालीले स्वर्ण पदक पाउनु पक्कै पनि नेपालीका लागि गर्व गर्न लायक विषय हो ।

खुशीको खवर सवत्र फैलिरहेका बेला धरहराले भने उही पुरानो उखान ‘घरको बाघ बनको स्याल’ झलझली सम्झिरा’छ ।

बन अर्थात् परदेशमा पनि यस्तै र उपल्लो नतिजा नेपालीले प्राप्त गर्नुपर्छ भन्ने धरहराको तर्क हो ।बनको बाघ चाहिँ माल्दिभ्स्ले प्रमाणित गरेको छ ।

सागको ३५ बर्षे इतिहासमा सो मुलुकले पहिलो पटक नेपाली भूमिबाट एथलेटिक्समा स्वर्ण पदक जितेको हो ।

सन् १९८४मा काठमाडौंमा आयोजना भएको पहिलो सागमा एउटा कास्य पदकमा चित्त बुझाएको माल्दिभ्स वर्षाैसम्म शून्य पदकमा खुम्चिएपनि फेरी काठमाडौं फाब्या छ ।

पदक थोरै भएर के भो त १३औं सागमार्फत नेपालले भन्दा ठूलो खुशी त माल्दिभ्सले मनाउने भो ।

प्रतिक्रिया दिनुहोस्