शेयर बजारमा सामान्य वृद्धि



काठमाडौं, (नेस)।

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ। मंगलबार नेप्से ३ दशमलव ७५ अंकले बढेर परिसूचक १११५ दशमलव ७४ बिन्दुमा पुगेको छ।

कुल १७२ वटा कम्पनीको १० लाख १० हजारभन्दा बढी कित्ता शेयर २६ करोड ६८ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।

यस दिन कारोबारमा आएका समूहमध्ये व्यापार, विकास बैंक, वित्त र अन्य समूहबाहेक सबै समूह बढेका छन्।मंगलबार सिद्धार्थ बैंकको संस्थापक शेयर कारोबार सबैभन्दा धेरै भएको छ।

यसको शेयरले २ करोड ६० लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। मंगलबार घोडीघोडा माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। तर, साल्ट ट्रेडिङ कम्पनीको लगानीकर्ताले भने गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्