हिंसा तथा द्धन्द्ध प्रभाबित महिलालाई जिविकोपार्जनका लागी सहयोग



धनवीर दाहाल, रुकुम ।

हिंसा तथा द्धन्द्ध प्रभाबित महिलालाई उनीहरुको जिविकोपार्जनमा सघाउ पुर्याउनका लागी एक अधिकारबादी संस्थाले सहयोग गरेको छ ।

रुकुम पश्चिम त्रिबेणीको खारा र बाँफीकोटको पिपलका २३ जना हिंसा तथा द्धन्द्ध प्रभाबित महिलालाई ओरेक नेपालले ती महिलाहरुकै योजना अनुसार बिउ पुँजी स्वरुप प्रति व्यक्ति १७ हजार नगद दिइएको हो ।

उनीहरुलाई उद्यमी तथा व्यवसायिक बनाउनका लागी बिउ पुँजी प्रदान गरिएको ओरेक नेपाल रुकुमका कार्यक्रम अधिकृत दुर्गा बजगाँईले बताउनुभयो । वडा अध्यक्षको रोहबरमा उनीहरुलाई सो रकम दिइएको हो ।

दुई दिनको तालिम पश्चात प्रभाबितहरुकै योजना अनुसार सो रकम दिइएको अधिकृत बजगाँईले जानकारी दिनुभयो । बाँफिकोट गाँउपालिकाका वडा नं १ र २ तथा त्रिबेणी गाँउपालिकाका ३,४ र ५ वडाका प्रभाबितहरुलाई सो रकम प्रदान गरिएको हो ।

तरकारी खेती, बाख्रापालन, पानी घट्ट संचालन, किराना पसल संचालन तथा अदुवा लगाउने प्रयोजनमा सो रकम प्रयोग गर्ने प्रभाबितहरुले बताएका छन् ।

उनीहरुकै योजना अनुसार रकम प्रदान गरिएकोले सहि सदुपयोग हुनेमा आसाबादी भएको ओरेक नेपाल रुकुमकी जिल्ला कार्यक्रम अधिकृत बजगाँईको भनाई छ ।

बाँफिकोट गाँउपालिकाको पिपल र त्रिबेणी गाँउपालिकाको खाराका प्रभाबितले सो रकम पाएका हुन् । खारा र पिपल द्धन्द्ध प्रभाबित क्षेत्र हुन् ।

प्रतिक्रिया दिनुहोस्