गढीमाई मेला दर्शनका लागि ६० लाख भक्तजन



कृष्णउदास खनाल, वीरगन्ज ।

बाराको महागढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ ।

नेपाल, भारत र सार्क राष्ट्र, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी शिव चौधरीले जानकारी दिनुभयो ।
वीरगन्जको बाटो भएर भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका बङ्गलादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन मंगलबार गढीमाई मेलाका लागि पुगेको गढीमाई मेला ब्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाले जानकारी दिनुभयो ।

यसैबीच सोमबार राति साढै १ः०० बजे तािन्त्रक विधिबाट पूजापाठ गर्न शुरु गरेपछि साढे ३ः०० बजे करीब दुई घण्टामा बत्ति बलेपछि अन्यविधि गरेसकेपछि मंगलवार ७ः१५ बजेदेखि बलि शुरु गरिएको पूजारी चौधरीले जानकारी दिनुभयो ।

मंगलबार करीब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ । मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताउनुभयो ।

मंगलबार राँगाको बली चढाइएकोमा बुधबार बोकाको बली चढ्ने छ । सर्बोच्च अदालतले बली रोक्नका लागि दुई बर्ष अगाडि आदेश दिएको भएपनि भक्तजनहरुको चाहनाका कारण पशु बली रोक्न नसकिएको मेला ब्यवस्थापन समितिको दाबी छ ।

यद्यपी पशु बली निरुत्साहित हुने काम भएको उनीहरुको भनाइ छ । यस पटक पशु बली निरुस्ताहित गर्नका लागि समितिले भक्तजनहरुसँग राँगाबाट ८ हजार,बोका बापत ५ हजार र परेवा बापत ३ सय रुपैया रसिद काटेको खण्डमा बली चढाए सरह हुने ब्यवस्था मिलाएको हो ।

प्रतिक्रिया दिनुहोस्