बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ



न्युज अफ नेपाल, धादिङ ।

धादिङबाट १६ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बालिका जबर्जस्ती करणी गरेको आरोपमा मकवानपुरको मकवानपुरगढी गापाका हाल धादिङको गल्छी गापा ६ बस्ने बर्ष २१ वषीय नारायण प्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

स्कुलबाट घर फर्कदै गरेकी बालिकालाई दाहालले ढुंगाले बालिकाको टाउकोमा प्रहार गरी घाईते बनाई जवरजस्ति करणी गर्ने प्रयास गरेको बताइएको छ

आरोपी दाहाललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबर्जस्ती करणी उद्योग मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्