बैंकको सीसीटीभी चोरी गर्ने अभियुक्त पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

शाखु प्रहरीले आज एकै दिन दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।

बैन्किङ्ग कसुर मा फरार रहेका काठमाडौ लफ्सेफेदी ८ घर भएका हरि शन्कर गुरुङ्ग लाई शन्खरापुर नगरपालिका स्थित बजार बाट नियन्त्रण मा लिएको बुझिएको छ।

अर्का अभियुक्त उदयपुर गाइघाट घर हुने प्रदिप आले ले ७ ८ दिन अगाडि प्रभु बैंक शाखु शाखाको सीसीटीभी क्यामरा लिएर गएका थिए। उक्त कुराको जानकारी बैंकले शाखु प्रहरीलाई ढिलो गरि केही दिन अगाडि मात्र सुचना दिएको थियो।

उक्त सूचना पाउना साथ शाखु प्रभागका निरिक्षक पन्थीले उक्क्त कुरालाई गम्भीर रुपले लिए। विभिन्न ठाउमा रहेका सीसीटीभीबाट उनले क्यामेरा चोरी गर्ने कार्यमा सङ्ग्लग्नको चेहेरा हेरेका उनले आफ्नो बिगतको अनुसन्धान कार्यकुसलता प्रयोग गर्दै अभियुक्त सम्म पुगि छाडे।

आजै शाखुबाट खटिएको प्रहरी टोलिले क्यामरा चोरीमा सङ्ग्लग्न प्रदीप आले मगरलाई शाखु सालखाटोलबाट पक्राउ गर्न सफल भयो। अभियुक्त प्रदिप आले मगरको घर उदयपुर भएतापनी आफ्नो मावलिघर शाखु बजार मै बस्ने गरेका रहेछ्न।

के कुन उद्देश्यले बैंकको सीसीटीभी निकाली लगेको सम्बन्धमा गहिरिएर अनुसन्धान भैरहेको र निजलाई पक्राउ गरिएको प्रभाग शाखु का प्रहरी निरिक्षक गोविन्द पन्थीले पुष्टि गरे।

प्रहरी निरीक्षक पन्थी शाखु सरुवा भए पछि कुनै चोरिका घटना हुन पाएका छैनन किनकी उनी आएको केहिदिनमै चोरीको योजना बनाउदै गरेका चार जनालाई उनले मध्यरातमा पक्राउ गरि कारबाहीको लागि पठाएका थिए।फलस्वरूप शाखु एरियामा ठुला चाडपर्वमा समेत कुनै अपराधिक घटना घटेनन ।

एक स्थानीय बुद्धिजीवीका अनुसार निरीक्षक पन्थीका सक्रियताका कारण यँहाको शान्ति सुरक्षामा साच्चिकै सुधार आएको र प्रहरीको सर्बत्र प्रसम्सा भैरहेको बताए।

प्रतिक्रिया दिनुहोस्