राष्ट्रिय संग्राहलयका अनुभव र विज्ञताको आदानप्रदान हुने



भूपराज बस्याल, काठमाडौं ।

नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयका बिचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान हुने भएको छ ।

सोमबारका ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित एक कार्यक्रममा राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकाल लगायत दूतावासका अन्य कर्मचारीहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

उक्त कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम , राष्ट्रिय संग्राहलय ओमानका कर्मचारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्