नेपाल र भारतबीच महिला भलिबल खेलको तेस्रो सेटमा नेपाल विजयी



न्युज अफ नेपाल, काठमाडौँ ।

पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५–२३ ले र तेस्रो सेट २५–२१ ले जितेको छ । यो जितेपछि नेपाल उपाधि नजिक पुगेको छ ।

पहिलो सेटमा भारत २५–१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३–८ को अग्रता लिएको थियो ।

निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो ।

दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनैपनि सेटमा हराएको हो ।

प्रतिक्रिया दिनुहोस्