ब्याडमिन्टनमा नेपालको प्रदर्शन निराशाजनक



न्युज अफ नेपाल, पोखरा ।

सागअन्तर्गत आज भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन्।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा ३ जनाले नै कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन्।

नेपालका दीपेश धामी पाकिस्तानका मुरद अलीसँग २१–१५ र २१–१३ को सोझो सेट सुम्पिएका हुन्।

त्यस्तै, नेपालकी नङ्साल तामाङ भारतकी गायत्री गोपीचन्दसँग २१–९ र २१–१४ को सेटमा पराजित भइन्।

अर्को खेलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी रत्नासिरी कपुरुसँग २१–१५ र २१–९ को सेटमा पराजित भइन्।

श्रीलंकाका दिनुका निशान परेराले बंगलादेशका मोहम्मद सल्मान खानलाई २१–१० र २१–७ को सेटमा पराजित गरे।

भारतका आर्यमान टण्डनले पाकिस्तानका अवेइस जाहिदलाई १५ –२१, २१–१४ र २१–९ को सेटमा पराजित गरे।

बंगलादेशका सिग्बत उल्लाहले भुटानका अनिश गुरुङलाई २१–१७ र २१–९ को सेटमा पराजित गरे।

पाकिस्तानका पल्वाशा वशीरले मालदिभ्सका अब्दुल रज्जाक फतिमा नवाहालाई २१– र २१–११ को सोझो सेटमा पराजित गरिन्।

बंगलादेशका शाल्पा अख्तरले भुटानकी सम्झना गुरुङलाई रिटायर्ड हट गरिन्।

बंगलादेशकी एलिना सुल्तानाले भुटानकी फुन्ट्सो छोदेन थिङलाई २१–५ र २१–८ को सेटमा पराजित गरिन्।

श्रीलंकाका दिल्मी डिआसले मालदिभ्सका अमिनाथ लविहा अब्दुल रजाकलाई २१–६ र २१–१४ को सेटमा पराजित गरे।

पुरुष युगल स्पर्धामा श्रीलंकाका दिआस अंगोडा भिडानेज र थरिन्डु डुलियोले बंगलादेशका मोहम्मद अब्दुल हामिद र गौरब सिन्हालाई २१–१५ र २१–१८ को सेटमा पराजित गरे।

पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हसिनको जोडीले भुटानका निडुप दोर्जी र नोर्वु ड्रधुलको जोडीलाई २१–१४ र २१(१६ को सेटमा पराजित गरे।

त्यस्तै, भारतका कृष्णप्रसाद गंरञ्जा र ध्रुव कोपिलाको जोडीले बंगलादेशका शुभो खण्डाकर र तुसार कृष्ण रोयको जोडीलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे।

विजेता सबै प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन्। खेलहरू जारी छन् ।

प्रतिक्रिया दिनुहोस्