बुढीगण्डकी प्रभावित आन्दोलित, मुआब्जा निर्धारण चित्त बुझेन



सीताराम अधिकारी, धादिङ ।

मुआब्जा निर्धारण समितिले तोकेको दररेट कम भयो भन्दै बुढीगण्डकी जलविद्दुत आयोजना प्रभावितहरुले आज धादिङको खहरे र आरुघाट बजारक्षेत्र पूर्ण रुपमा बन्द गराएका छन् ।

बजारबासीले शैक्षिक संस्था, यातायात र पसलहरु बन्द गराएका छन् ।

स्थानीयले सडकमा टायर बालेर बाटो अवरुद्ध गरिरहेका छन् । उनीहरुले आज गाउँपालिका र वडा कार्यालय समेत बन्द गराएका छन् ।

हिजो खहरेमा बुढीगण्डकी आयोजना प्रमुखको पुत्ला दहन गरेका थिए । आरुघाट क्षेत्रमा हिजो मसाल जुलुस समेत निकालिएको थियो ।
यातायात संचालन नहुदा जनजिवन प्रभावित भएको छ ।

आन्दोलनकारीले बुढीगण्डकी आयोजना प्रमुख, प्रमुख जिल्लला अधिकारी र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्