गुल्मी जीप दुर्घटना : मृतक १४ जनाकै सनाखत, एक वेपत्ता



न्युज अफ नेपाल, काठमाडौं ।

गुल्मीबाट कुलपुजाको लागि बागलुङ निसिखोलाको बायोखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटनामा ज्यान गुमाउने चौध जनाकै सनाखत भएको छ । १८ जना सवार जीप दुर्घटनामा परी चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको थियो । घाइते भएका ३ जनालाई काठमाडौं ल्याइउने तयारी भइरहेको छ । यस्तै एक जना भने अझैँ वेपत्ता छन् ।

दुर्घटनामा गुल्मी इस्मा गाउँपालिका–५ का २५ वर्षीय चालक रेशम थापाको मृत्यु भएको छ । यस्तै, गाडिमा सवार गुल्मी इस्मा गाउँपालिका– ५ कै २३ वर्षीया माया थापा, इस्मा–५ का ४० वर्षीया वसुन्धरा कार्की, इस्मा–५ कै ४० वर्षीया सीता कार्की, सोही गाउँपालिकाका ४५ वर्षीय भूमि कार्की, २५ वर्षीया मिना कार्की, उमेर नखुलेका तुलसी कार्की, धनबहादुर कार्की र इस्माकै ४० वर्षीय छवि कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा परी नवलपरासी बर्दघाटकी झुमा कार्की, बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसी, ठाउँ वतन नखुलेका सूचना कार्की, पाँच वर्षीया बालिका र थप एकजनाको सनाखत हुन बाँकी छ ।

यस्तै घाइते हुनेहरुमा नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्की रहेका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्