दीपेन्द्रको उत्कृष्ट ब्याटिङसँगै नेपालले दियो श्रीलङ्कालाई १७३ रनको लक्ष्य



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालका उप कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेसँगै दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले श्रीलङ्कालाई १७३ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका पारस खड्का एक रनमै र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा बाहिरिएपछि ब्याटिङको जिम्मा ऐरीले लिएका थिए । अविजित ९नटआउट० ७२ रन हान्दै दीपेन्द्रले २०(२० नेपालको स्कोर १७२ रन पुर्‍याएका हुन्।

ऐरीले ४४ बलमा ४ चौका र ६ छक्का हाने। नेपालका लागि पवन सराफले २२, विनोद भण्डारीले २१ र आरिफ सेफले १९ रन बनाएका थिए।जवाफी ब्याटिङ गरिरहेको श्रीलंकाले १२ ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको छ। नेपालका लागि सोमपाल कामी, पवन सराफ र सुशन भारीले १र१ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्