सिटिजन्स बैंकलाई दुई अवार्ड



काठमाडौं, (नेस)

सिटिजन्स बैंक इन्टरनेसनललाई साउथ एसियन फेडेरेसन अफ अकाउन्टेन्ट्स (एसएएफए)ले दुई अवार्डबाट प्रदान गरेको छ।

बंगलादेशको ढाकामा आयोजित एक समारोहमा बैंकलाई साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड र सार्क एनिभसरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजर, २०१८ बाट सम्मानित गरेको हो।

बैंकले प्राइभेट सेक्टर बैंक विधामा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ।साफाद्वारा यस बैंक लगातार तीन वर्षदेखि पुरस्कृत हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्