किबीले मूल्य पाएन



काठमाडौं, (नेस),

फलफूलको राजा मानिने किबीले बजार नपाएको गुनासो किबी खेतीमा लागेका किसानको छ। ११ रोपनीमा किबी खेती गर्नुभएका मकवानपुर थाहा नगरपालिका–६ का मनिरथ बलामीले आफूले बजारमा बिक्री गर्न ल्याएको किबीलेले बजार नपाएको गुनासो गर्नुभयो।

झोलामा किबी बोकेर कालिमाटी फलफूल तथा तरकारी बजारमा ग्राहक खोजिरहनुका बलामीले लागत अनुसारको मूल्य नपाएको बताउनुभयो।

डिपार्टमेन्ट स्टोर र फलफूल पसलमा प्रतिकिलो ५ सय रुपियाँभन्दा बढीमा कारोबार हुँदै आएको पनि पनि बलामीले कालीमाटीमा २५० रुपियाँमा समेत बेच्न नसकेको बताउनुभयो। सरकारले मूल्यदेखि बजारीकरणमा ध्यान नदिँदा विदेशी किबीले मूल्य उच्च भएको बजार तर नेपालको किबीले बजार नपाएको उहाँको गुनासो छ।

कालिमाटीमै किबीको बजार खोज्दै गरेको अवस्थामा भेटिनुभएका मकवानपुरकै इन्द्रसरोवार गाउँपालिका सानुकान्छा गोलेको पनि उस्तै गुनासो थियो। आफूले खेती गरेको किबीले बजार र मूल्य नपाउँदा दुःख लागेको सानुकान्छाले बताउनुभयो। उहाँले भन्नुभयो–‘अहिले हामीले सस्तोमा बेच्नु परेको छ। तर, खाने मान्छेले महँगो तिर्नुपरेको सुनिन्छ।’

प्रतिक्रिया दिनुहोस्