साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै



न्युज अफ नेपाल, काठमाडौं ।

१३औं साग अन्तरगत महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दैछ । खेल ४ बजेपछि त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा शुरु हुनेछ ।

शनिबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको थियो ।

नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले फाइनल पुगेर इतिहास रचिसकेको बताईन । अब भारतविरुद्ध स्वर्ण जित्ने लक्ष्यमै कोर्टमा उत्रने बताएकी शाहीले छिन् ।

शाहीले समूह चरणमा हार बेहोरेपनि त्यसलाई बिर्सेर टोलीले अझ राम्रो प्रदर्शन गर्न तयार रहेको थपिन् ।

यता, भारत घरेलु समर्थक र घरेलु कोर्टमा नेपाललाई स्तब्ध पार्दै लगातार स्वर्ण आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । नेपालविरुद्ध सुरुवाती सेटमा हार नजिक पुगेर पनि उत्कृष्ट पूनरागमन गर्दै जित निकालेको थियो । भारत सोही प्रदर्शनलाई निरन्तरता दिदै स्वर्ण जित्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्