भ्रुणहत्याविरुद्ध निशाको स्वर



नेपाली समाजमा विकृतिका रूपमा अझै पनि गर्भ जाँच गरेर छोरी भएमा भ्रुणहत्या गर्ने कुप्रथा कायमै छ। यस्ता खालका कुप्रथालाई निरुत्साहन गर्र्न गीत संगीतले धेरै हदसम्म भूमिका खेल्न सक्छ।

हालै सार्वजनिक गायिका निशा देशारको स्वरमा रहेको मै छोरीलाई बोलको गीतले छोरीलाई गर्भमै तुहाउने प्रथाविरुद्ध आवाज उठाएको छ। कालीप्रसाद रिजाल र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा भनिएको छ

मै छोरीलाई गर्भमा नै नझार्नुस् है मेरी आमा
आमा भन्न नपाई मलाई नमार्नुस् है मेरी आमा।

गीतको म्युजिक भिडियोमा सन्तोष श्रेष्ठ, सफलता सिर्जना श्रेष्ठ तथा सफलता श्रेष्ठको अभिनय रहेको छ। हेम प्रभाषको निर्देशन रहेको भिडियोमा वीरेन्द्र भाट विपीनको छायांकन तथा सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्