उपनिर्वाचन ः नेकपा ३०, नेका १३



नेपाल समाचारत्र, काठमाडौं
उपनिर्वाचनको समग्र नतिजामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलो र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस दोस्रो स्थानमा देखिएका छन्।

प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह गरी ३७ जिल्लाका ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो। निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नेकपाले एक प्रतिनिधिसभा, एक प्रदेशसभा, तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ३० स्थानमा जित हासिल गरेको छ।
त्यस्तै नेपाली कांग्रेसले एक प्रदेशसभा सदस्यसहित १३ पदमा जित हासिल गरेको छ भने समाजवादी पार्टीले चार, राष्ट्रिय जनता पार्टीले तीन, स्वतन्त्र एक र जनमोर्चाले एक पद हात पारेका छन्।

बागलुङमा नेकपाको समर्थनमा जनमोर्चाले एक प्रदेशसभामा जित प्राप्त गरेको हो। कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा नेकपाका विद्या भट्टराई निर्वाचित हुनुभएको छ। प्रदेश सभा सदस्यहरूमा भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) कांग्रेसका कृष्णलाल भडेल, बाग्लुङ निर्वाचन क्षेत्र नं २ (२) मा जनमोर्चाका खिमविक्रम शाही तथा दाङ निर्वाचन क्षेत्र ३ (२) मा नेकपाका विमलाकुमारी खत्री निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्