सम्पत्ति शुिद्धकरण नेपाली अधिकारीहरुको भारतमा प्रशिक्षण सुरु



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल सरकारका एक्काइस अधिकारीहरूको तेस्रो समूहले भारतको फरिदाबादस्थित (एनएसीआईएन) National Academy of Customs, Indirect taxes and Narcotics (NACIN)मा ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे ६ दिवसीय प्रशिक्षण सुरु गरेका छन् ।

नेपाल सरकारको अनुरोधमा ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो ‘विशेष कोर्ष’ सोमबार १६ मंसिरबाट शुरु भएको हो ।

नेपाल सरकारका विभिन्न निकायहरूको क्षमता अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आईटीसीईं) कार्यक्रमअन्तर्गत रहेको सम्बद्ध पक्षको भनाई छ ।

उक्त प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरूको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलाहरूलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने बताइन्छ । यसअघि नेपाली अधिकारीहरूका दुई ब्याचले भारतमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा एनएसीआईएन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधासहितको प्रमुख प्रशिक्षण संस्थान हो ।

प्रतिक्रिया दिनुहोस्