एनआरएन युएईले हेल्प डेक्स राख्ने



भूपराज बस्याल, काठमाडौ ।

युएईमा रहेका नेपालीहरुको समस्या समाधानको लागि युएईमा नेपाली एशोसियनको नाममा दर्ता भएको एनआरएन युएईले हेल्प डेक्स राख्ने भएको हो ।

आइतबार बसेको समाजको बैठकले युएईमा रहेका नेपालीहरुको समस्यलाई मध्यनजर राख्दै यस्तो निर्णय गरेको नेपाली एशोसियनका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनु भयो । युएईमा रहेका नेपालीहरुलाई कानुनी जानकारी लगायतका समस्यमा सहयोगको लागि यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनु भयो ।

बैठकबाट निर्णय भए लगत्तै स्थानीय सरकारसंग यसको लागि प्रक्रिया थालिने पनि श्रेष्ठले जानकारी दिनु भयो । यस्कोलागि कर्मचारी पनि आवश्यक पर्ने हुँदा नेपाली, अरबी र अङ्ग्रेजी जान्ने दक्ष कामदार पनि राख्ने समाजले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्