एकैदिन नेपालले जित्यो १५ स्वर्ण पदक



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालले १३ औं साग अन्तर्गत महिला टिम पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ ।

२३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो ।

त्यसअघि १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको थियो । नेपाली टोली ७.९८० स्कोर गरेको थियो । भारतीय टोलीले ७.९७० र कास्य पदक विजेता बंगलादेशले ७.७६० स्कोर प्राप्त गर्यो ।

समग्रमा नेपालको लागि १३ औं सागमा यो १५ औं स्वर्ण पदक हो ।

हालसम्म नेपालले कराते र तेक्वान्दोबाट ७(७ र ट्रायथलनबाट १ स्वर्ण जितेको छ । करातेको काताको दुवै टिम इभेन्ट र पुरुष एकलको मन्डेकाजी श्रेष्ठले कुल ३ पदक जितेका थिए ।

कुमुतेतर्फ विप्लव श्रेष्ठ, लक्ष्मण तामाङ र कुसुम खड्काले स्वर्ण जितिसकेका छन् ।

तेक्वान्दोमा टिम पुम्सेमा २, पेयर पुम्सेमा १ तथा एकलतर्फ ४ स्वर्ण नेपालले जितेको छ ।

एकलमा कमल श्रेष्ठ, सिना मादेन, पार्वती गुरुङ र आयशा शाक्यले स्वर्ण जिते । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ ।

पदक जित्नेकाे नामहरूः 

क. स्वर्ण पदक

१. कराते (एकल काता)= मण्डेकाजी श्रेष्ठ

२. कराते (टिम काता, महिला)= मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३. कराते (टिम काता ,पुरुष)= निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४. कराते (५५ केजी) = लक्ष्मण तामाङ

५. कराते(८४ केजीमाथि)=विप्लवलाल श्रेष्ठ

६. कराते (४५ केजी मुनी)= कुसुम खड्का

७. कराते (५० केजी मूनि) =अनु अधिकारी

८. तेक्वान्दो पुम्से (२३–२९ वर्ष )=कमल श्रेष्ठ

९. तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )= सिना मादेन लिम्बु

१०. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) = पार्वती गुरुङ

११. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) = आयशा शाक्य

१२. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) = आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१३. पुम्से महिला टिम (१७–२३ वर्ष) = निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१४. पुम्से महिला टिम (२३–२९ वर्ष) = निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१५. ट्रायथलन = सोनी गुरुङ

ख. रजत पदक

१. कराते (एकल काता) = चन्चला दनुवार

२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) = कृष्णबहादुर तामाङ

३. कराते (८४ केजी मूनि) = दिवस श्रेष्ठ

ग. कास्य पदक

१. तेक्वान्दो पुम्से (१७–२३ वर्ष)= अस्मिन राउत र सिना मादेन लिम्बु

२. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) = जितबहादुर बोट र पार्वती गुरुङ

३. ट्रायथोलन = बसन्त थारु

 

त्यस्तै अन्य देशले जितेकाे पदकहरू निम्न छन्ः 

भारतः स्वर्ण पदक- २     रजत पदक-६     कास्य पदक -३

श्रीलंकाः स्वर्ण पदक- २     रजत पदक-४     कास्य पदक -८

पाकस्तानः स्वर्ण पदक- १     रजत पदक-३     कास्य पदक -२

बंगलादेशः  स्वर्ण पदक- १     रजत पदक-०    कास्य पदक -१०

भुटानः स्वर्ण पदक-०     रजत पदक-०     कास्य पदक -१

माल्दिप्सः स्वर्ण पदक- ०     रजत पदक-०     कास्य पदक -० 

प्रतिक्रिया दिनुहोस्