चार तोला सुनसहित ओली पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

लुटिएको सुनसहित मकवानपुरको भीमफेदीका सुरज ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

भीमफेदी–८ बस्ने १८ वर्षीय ओलीलाई मकवानपुर प्रहरीले लुटिएको चार तोला १२ दशमलव ७ लाल सुनसहित पक्राउ गरेको हो ।

उनलाई हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्गस्थित केदारनाथ सुनचाँदी पसलबाट लुटिएको उक्त परिणामको सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट लुटिएको गहना र ना. ४३ प ८२६४ नम्बर मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्