प्रधानमन्त्रीको भिडियो सन्देश : ‘मेजर अप्रेसनपछि पनि बोल्न सक्ने भएको छु’ (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा एपेण्डिसाइटिसको शल्यक्रिया पश्चात आइसीयूमा उपचार गराइरहेका प्रधानमन्त्रीले भिडियो सन्देश दिएका छन् । उनको आठौंपटक डायलाइसिस पनि गरिएको छ ।

बिहीबार भिडियोमार्फत ओलीले भनेका छन्, “म मेजर अप्रेसनपछि पनि बोल्न सक्ने भएको छु । सबैसँग कुरा गर्न सक्ने भएँ । समाचार हेर्न सक्ने भएँ । हिजो मैले १३ औं सार्क सम्मेलन उद्घाटन हेरेँ । हेर्न स्क्छु कि सक्दिनँ भन्ने द्विविधा थियो । हेर्न सक्ने भएँ । राष्ट्रपतिज्यूलाई साग उद्घाटन गर्नुभएकोमा अरू सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अघि बढाउन सार्क क्षेत्रका खेलाडीलाई आग्रह गर्न चाहन्छु ।”

भिडियो:

प्रतिक्रिया दिनुहोस्