तेक्वान्दोको पेयर पुम्सेमा नेपाललाई स्वर्ण



न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पेयर पुम्सेमा नेपालले स्वर्ण पदक जितेको छ । २४ वर्षमाथिको तेकवान्दोको पेयर पुम्सेमा नेपाली खेलाडी संजिव कुमार ओझा र आयशा शाक्यले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारेका छन् ।

संजिव र आयशाले ८ दशमलव १६ अंक ल्याएका छन् । यस्तै पाकिस्तानका मेहरुन निसा र शाबाज अहमेदले ७ दशमलव ८६ अंक ल्याएका थिए। बंगलादेशले कास्य प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्