युएईका १५ हलमा ‘छ माया छपक्कै’



भूपराज बस्याल, काठमाडौ ।

नेपाली दर्शनहरुले निकै मनपाएको नेपाली चलचित्र छमाया छपक्कै यतिबेला सयुक्त अरब इमिरेट्स ( युएई ) मा प्रदर्शन भैइरहेको छ ।
युएईको नेशनल “डे” लगायतको बिदा पारेर नोभेम्बर २८ तारीख देखि प्रदर्शन गरिएको चलचित्र युएईका सातै वटा इमिरेट्सका १५ वटा हलमा प्रदर्शन भएको नेपाली चलचित्रका लागि गल्फको जिम्मेवारी लिनुभएका रमेश ढकालले जानकारी दिनुभयो ।

करिब तिन लाख नेपालीहरु रहेको युएईमा प्रर्दशन भएको नेपाली चलचित्र छमाया छप्पकै अत्याधिक दर्शकहरुको मन जित्ने ढकालको दाबी छ । चलचित्र लागेको दिन देखि खचाखच भरीएका १५ वटा हलहरुमा दर्शकहरुको यस्तै माग रहिरहे आगामि दश दिन सम्म चल्ने पनि ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्