क–कसलाई लोप्पा ?



उपनिर्वाचनको परिणामको खरर आइरा’छ। खवर धेरैलाई अच्छा भाछ भने कसैका लागि निकै कच्चा। अच्छा खवरले नेकपाका नेता÷कार्यकर्ता दङ मख्ख भा’छन्। दुई ठूला पार्टी गाभिएर एउटै हुँदा पनि मख्ख नपरे कहिले पर्नु ?

ठूला पार्टीको छत्रछायाँले साना र खियाउटे पार्टी अझै विलाउने नै भए। तर ठूलो र शक्तिशाली भनिएको पार्टी नेकपा चितवनका केही वडामा चिप्लिएको कुरो सुन्दा धरहरा मात्रै होइन स्वयं नेकपाका खाँट्टी कार्यकर्ता तीन छक पर्या छन्।

शक्तिशाली पार्टीका अध्यक्ष र अध्यक्षकी छोरी मेयर भएको क्षेत्रमै नेकपा चिप्लिनु चानेचुने कुरो होइन। प्रदेश सभाको निर्वाचन भक्तपुर र नेकपाकै गढ भनिएको दाङको घोराईनगर–१६मा पनि नेकपा पछारिएको छ।

भनेसी, सत्तारुढ दल विरुद्ध देशी/विदेशी शक्तिको चलखेल शुरु भएर पो यस्तो हालत भा हो कि ? पार्टीले कस्तो समिक्षा गर्दैछ कुन्नी ? साझा र विवेकशिल दल यसपटक निर्वाचनको दलदलमा राम्रै फसे क्यार उक्सिएको सुनिएन।

उता खोटाङको सोकला गाउँपालिका–राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले जम्मा एक भोट मात्रै पाएछन्। त्यो भोट उनकै हो कि उनका खाँट्टी कार्यकर्ताको ?

निर्वाचनको प्रचार–प्रसारमा त खड्काका मात्रै होइन अन्य पार्टीका उम्मेदवार अघिपछि निकै शुभचिन्तक देखिन्थे। तर उम्मेदवारले पाएको भोट देख्दा/सुन्दा उम्मेदवारले सपना र विपना छुट्याउन सक्ने स्थिती छैन।

प्रतिक्रिया दिनुहोस्