सन्राइज बैंकको शाखा विस्तार



सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ। यसै क्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५आंैं शाखा सञ्चालनमा ल्याएको छ। रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो।

उक्त कार्यक्रममा जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंकमार्पmत लगानी गर्न प्रोत्साहन गर्नु भयो। हालसम्म सन््राइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४५ वटा एटीएममार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्