३४ अर्ब ७४ करोडभन्दा बढीको सवारीसाधन तथा पाटपुर्जा आयात



नेपाल समाचारपत्र, काठमाडौं।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३४ अर्ब ७४ करोड ६४ लाख ९४ हजार रुपियाँको सवारी तथा त्यसमा प्रयोग हुने पाटपुर्जा आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ७३ प्रतिशतले कम हो।

गत आर्थिक वर्षको यही अवधिमा ३७ अर्ब ८ करोड ५३ लाख ७७ हजार रुपियाँको सवारी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। सवारी आयात घटेसँगै सरकारले सवारीबाट संकलन गर्ने राजश्व समेत घटेको छ।

सवारी आयात ६ दशमलव ७३ प्रतिशतले घट्दा राजश्व भने १६ दशमलव ७२ प्रतिशतले घटेको हो। आव २०७५/७६ को पहिलो चार महिनामा सरकारले सवारी आयात गरेबापत ३७ अर्ब ३५ करोड २८ लाख ५० हजार रुपियाँ भन्सार राजश्व संकलन गरेको थियो।

यो वर्षको पहिलो चार महिनामा भने सवारी आयात बापतको ३१ अर्ब ९९ करोड ९८ लाख ६९ हजार रुपियाँ मात्र राजश्व संकलन गरेको भन्सारले सार्वजनिक गरेको तथ्यांकमा छ।

प्रतिक्रिया दिनुहोस्