शेयर बजारमा सामान्य सुधार



नेपाल समाचारपत्र, काठमाडौं।

साताको पहिलो दिन आइतबार शेयर बजार (नेप्से) सूचक सामान्य अंकले बढेको छ। आइतबार नेप्से ० दशमलव ०७ अंकले बढेको हो। नेप्से सूचक बढेको भए पनि सेन्सेटिभ सूचक भने नकारात्मक देखिएको छ।

आइतबार सेन्सेटिभ सूचक ० दशमलव ५० अंकले घटेर २४६ दशमलव १५ अंकमा झरेको छ।आइतबार १६१ कम्पनीका ६ लाख ७५ हजार कित्ता शेयर २० करोड ६३ लाख रुपियाँमा कारोबार भएको छ।कारोबारमा आएका ५७ कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घटेको छ।

कारोबारमा आएका कम्पनीमा नबिल बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको आइतबार एक करोड ७५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ। १२ समूहको कारोबारमा ६ समूहको सूचक बढेको छ भने ६ नै समूहको उप सूचक घटेका छन्।

प्रतिक्रिया दिनुहोस्