प्रधानमन्त्रीद्वारा राजीनामा



बग्दाद, (एजेन्सी)।

देशमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएपछि इराकका प्रधानमन्त्री अब्दुल महदीले पदबाट राजीनामा दिएका छन्। बिहीबार सरकार विरोधी प्रदर्शनका क्रममा ४० भन्दा धेरैको ज्यान गएपछि प्रधानमन्त्रीको उक्त फैसला आएको हो।

अक्टोबरबाट शुरु भएको सरकार विरोधी प्रदर्शनका क्रममा बिहीबार सबैभन्दा हिंस्रक थियो। इराकका सर्वोच्च शिया धार्मिक नेताले पदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोगको निन्दा गर्दै नयाँ सरकारको गठनको आह्वान गरेका छन्। अक्टोबरदेखि अहिलेसम्म ४ सयभन्दा धेरैको ज्यान गइसकेको छ। शुक्रबार मात्रै कम्तिमा १५ को मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्