टुर सेवा शुरु



दमास्कस, (एजेन्सी)।

रुसी टुर अपरेटरहरुले पर्यटकलाई सिरिया घुमाउने एक सेवा शुरुआत गरेका छन्। यद्यपि सरकारले आफ्ना नागरिकहरुलाई उक्त युद्धग्रस्त देशको यात्रा नगर्न चेतावनी जारी गरेको स्थिति छ।

रुसका दुई कम्पनीले सिरियाका सात सहर घुमाउन एक भ्रमण कार्यक्रम ल्याएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन्। यो भ्रमण लेबनानको राजधानी बेरुतबाट शुरु हुनेछ। ८ दिनको यो भ्रमणमा राजधानी दमास्कस, अलेप्पो शहर र ‘रेगिस्तानकी दुलही’ रोमन पल्माइरा समावेश गरिएको छ। आगामी वर्षबाट शुरु हुने यो भ्रमणको मूल्य १ हजार ९ सय ५० अमेरिकी डलर छ।

प्रतिक्रिया दिनुहोस्