धरापमा मृत्यु



वासिंगटन, (एजेन्सी) ।

अमेरिकामा आफ्नो घरभित्र बाहिरिया मानिसहरुको घुसपैठ हुनबाट रोक्नका लागि धरापको व्यवस्था गरेका एकजना ६५ वर्षीय पुरुषको आफैं सोही धरापमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। मेइन राज्यको भान बुरेन शहरस्थित आफ्नै घरमा रोनाल्ड सायर नामक वृद्धको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनले आफ्नो घरको ढोका कसैले खोल्दा आफंै गोली चल्ने उपाय अपनाएको जनाएको छ। सख्त घाइते भएका उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। अमेरिकामा यस्तो धराप राख्नु गैरकानुनी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्