चीनमा नयाँ मोबाइल लिन अनुहार स्क्यानिङ गराउनुपर्ने



बेइजिंग,(एजेन्सी)।

अब देखि चीनमा मानिसहरुले नयाँ मोवाइल सेवा लिन अभिलेख दर्ता गराउँदा आफ्ना अनुहार स्क्यानिंग गराउनु पर्ने भएके छ। चीन सरकारले आफ्ना करोडौं इन्टरनेट प्रयोगकर्ताहरुको परिचय सिफारिश गर्ने क्रममा यस नयाा प्रविधि अपनाउन लागेको हो।गत सेप्टेम्वर महिनाम नै घोषणा गरिएको यो योजनालाई आइतवार देखि कार्यान्वयनमा ल्याइएको हो।

सरकारले साइवरस्पेसमा जनताको अधिकार र चहानाको वैधानिकताको रक्षाका लागि यो नीति अपनाइन लागेको बताएके छ। चस्नले यसअघि नै आफ्नो जनसंख्या सर्भेक्षणका लागि पहिचानको उद्देश्यले अनुहार चिन्ने प्रविधिलाई प्रयोगमा ल्याइ सकेको छ।

यो पछिल्लो प्रयोग विश्म ैपहिलो भए पनि केहि वर्षदेखि यसको प्रयोगलाई लिएर चीनमा व्यापक बहश शुरु भएके थियो। हुन त यो भन्दा पहिले नै नयाँ मोवाइल वा मोवाइल डाटा कन्ट्रयाक्ट साइन अप गर्नु अघि नै चिनिया जनताले आफ्नो राष्ट्रिय परिचय पत्र पेश गर्नुपर्ने र तस्वीर खिचाइनु पर्ने प्रावधान थियो। तर अहिले आएर तिनीहरुले पेश गरेका परिचय पत्र सक्कली हुन कि कोइनन् भन्ने तय गर्नका लागि अनुहार स्क्यानिंग गराउनु पर्ने अवस्था आइपुगेको हो।

चीनले लामो समय देखि नै इन्टरनेट प्रयोगकर्ताहरुले आफ्ना वास्तविक परिचय प्रयोग गराउनका लागि कानुन कार्यानवयन गर्ने प्रयास गर्दै आइरहेको थियो।
सन् २०१७ मा अनलाइन पोस्टिंग गर्नु अघि तिनीहरुले आफ्ना इन्टरनेट प्लेटफर्ममा वास्तविक परिचय प्रमाणिकीकरण गराउनु पर्ने नयाँ कानुन लागु गरिएको थियो। तटेलिकम अपरेटरहरुका लागि नयाँ नियम उद्योग तथा सुचना प्रविधि मन्त्रालयले तयार पारेको हो।

चाहेको जुनसुकै बेला सम्पूर्ण मोवाइल प्योगकर्ताहहरु तत्कालै सजिलोसंग पहिचान खुलाउने उद्देश्यले यो कदम चालिएको सरकार समाचार निकाय सिन्ह्वाले जनाएको छ। अधिकांश चिनिया इन्टरनेट प्योगकर्ताहरुले आफ्ना स्मार्ट फोन मार्फत वेवसायटमा पुग्ने गरेका छन्।

अक्सफोर्ड विश्वविद्यालय स्थित चाइनिज आर्टिफिसियल इन्टेलिजेनसका अनुसन्धानकर्ता जेफरी डिंगले इन्टर नेट जालसाजी घटाउन , साइवर सुरक्षा बढाउन र अज्ञात फोन नम्वरहरुबाट मुक्ति पाउने उद्देशयले यो नीति अपनाइन लागेको बताएका छन्। साथै उनले यसले जनगणनामा पनि आवश्यक हियाृग पुर्याउने आशा गरिएको पनि बताएक छन्।

गत सेप्टेम्वरमा यस कार्यक्रम घोषण गरिँदा स.चार माध्यमले यसलाई त्यति महत्व दिएको थिएन। तर थुप्ै अनलाइन र हजारौं समाजिक संजाय प्योगकर्ताहरुले भने यसको कारण आफ्ना डाटा अरुको नियन्त्रणममा जाने चिन्ता वयक्त गरेका थिए।

केहि समय अघि मात्र नेडरल्यान्डसको एम्सटर्डम्स स्थित एउटा कम्प्युटर कक्षबाट आर्टिफिसियल इन्टेलिजेनस मार्फत चीनमा विभिन्न वेवसाइटमा आत्मह्तया योजना लेखेर आत्महत्या गर्ने खोज्ेनहरुको समयमै सफल उद्धार भएक खवरले अन्तर्राष्ट्रिय षेत्रमा तहल्का मच्चाएको थियो।

यस अघि चीनमा अधिकांशले सरकारी निकाय समक्षा आफुहरुलाई परिचय नखुलेका फोन आएर हैरान पार्ने गरेको गुनासो गर्ने गरेका थिए। चीनमा साइना वेइवो माइक्रोब्लगिंग वेवसाइत निक ैलोकप्रिय रहेको छ।

प्रतिक्रिया दिनुहोस्