सिनजियाङमा निर्बाध र तत्काल पर्यवेक्षक जान दिनुपर्छ : बेलायत



लन्डन, (एजेन्सी)।

चीनको सिनजियाङ प्रान्तमा संयुक्त राष्ट्रका पर्यवेक्षकलाई निर्वाध र तत्काल जान अनुमति दिनुपर्ने बेलायतले माग गरेको छ।
चीनले सिनजियाङ प्रान्तमा हजारौंं मुसलमानलाई अत्यन्त कडा सुरक्षाको जेलमा राखिएको र उनीहरुमाथि दुव्र्यवहार हुने गरेको जानकारी चुहावट भएपछि बेलायतले उक्त कुरा उठाएको हो।

बीबीसीको प्यानोरमाले ती आधिकारिक दस्तावेज प्राप्त गरेको हो। उक्त दस्तावेजमा मुसलमानलाई कसरी कैदमा राखेर दन्डित गरिरहेको छ भन्ने जानकारी रहेको दाबी गरिएको छ।तर चीनले राजदूतले उक्त चुहावटलाई फेक न्युज भएको बताएका छन्।

चीनका राजदूत लियु साओमिङले भने– ‘सबैभन्दा पहिला तपाईंहरुले भनेको जस्तो कुनै श्रम शिविर नभएको म बताउन चाहन्छु। हामी यसलाई भोकेसनल एजुकेसन ट्रेनिंग सेन्टर भन्छौं, यसलाई कट्टरपन्थी रोक्नका लागि बनाइएको हो।’

चीनका ती शिविरमध्ये एकमा १५ महिना बिताएका गुलजीराले भने– ‘उनीहरुले हाम्रो बे्रनवास गर्ने बताए। तिमीहरुको सोचमा समस्या रहेको छ। हामीलाई धर्म हाम्रो लागि राम्रो नभएको बताए।

उनीहरु हरेक दिन यो कुरा दोहोर्याउँथे। उनीहरु हाम्रो धर्म र मातृभाषालाई ध्वस्त पारिरहेका छन्। म धेरै रोएँ, किनभने मलाई छोरी र घरको अत्यन्त याद आइरहन्थ्यो।

आफ्नो हात र खुट्टामा सिधा हुन पनि नसक्ने गरी सिक्री बाँधेर राख्ने गरेको उनले बताए। सिक्रिका कारण आफ्नो हात खुट्टा र मुख सुनिने गरेको उनले बताए।
तर राजदूत लियु साओमिङले ट्रेनिङ सेन्टजस्तो कदम स्थानीयको सुरक्षाका लािग उठाइएको जानकारी दिए। यसले सिनजियागमा विगत ३ वर्षमा एउटा पनि कट्टरपन्थी हमला नएको उनले दाबी गरे।

पश्चिमी देशका केहीले यस विषयमा अर्कै सोच्ने गरेको र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरिरहेको राजदूत लियुले आरोप लगाए। यसबाट चीनको कट्टरपन्थीसँग लड्ने प्रयासमा बाधा आउने उनले थपे।चीनको सरकार सिनजियांग प्रान्तमा इस्लामिक कट्टरपन्थ विरुद्ध अभियान चलाइरहेकोछ।

यस क्रममा विगर मुसलमानमाथि प्रतिबन्ध लगाएको समाचार बाहिर आइरहेका छन्।असामान्य रुपमा लामो दाह्री राख्न, सार्वजनिक स्थानमा बुर्का लगाउन र सरकारी टेलिभिजन च्यानल हेर्न रोक लगाउने जस्ता प्रतिबन्ध लगाइएका छन्।

चीनका विगुर मुसलमान सिनजियाङ प्रान्तमा बस्छन्। उनीहरु आफूमाथि भेदभाव भइरहेको सरकारमाथि आरोप लगाइरहेका छन्। हालैका वर्षमा उक्त प्रान्तमा हिंसात्मक संघर्ष भएका छन्।

प्रतिक्रिया दिनुहोस्