जापानलाई चेतावनी



प्योङयाङ, (एजेन्सी)।

उत्तर कोरियाले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई ‘मूर्र्ख र राजनीतिक रूपमा कच्चा’ भएको जनाएको छ। जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको ताजा क्षेप्यास्त्र परीक्षणका बारेमा गलत जानकारी दिइरहेको प्योङयाङले आरोप लगाएको छ।

सिन्जो आबेले उत्तर कोरियाले पटक–पटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्नु विश्वका लागि खतरा हो। तर उत्तर कोरियाले आफूले ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ को परीक्षण गरिरहेको बताएको छ। जापानले निकट भविष्यमा असली ब्यालिस्टिक क्षेप्यास्त्र हेर्न सक्ने उत्तर कोेरियाली सरकारी सञ्चार माध्यमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्