सागको उद्घाटन समारोह सम्पन्न (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

दशरथ रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद(साग)को औपचारिक उद्घाटन समारोह सम्पन्न भएको छ ।

भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। साँझ ५ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै सातै देशका खेलाडीले मार्च पास गरेका थिए।

त्यसपछि आयोजक राष्ट्रको तर्फबाट विभिन्‍न जातजातिका सांस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको छ। उद्घाटनका क्रममा रंगशालाबाट विभिन्‍न रंगमा सजाएर आतिसबाजी गरिएको छ। फोटो फिचर

फोटो: उजोल डंगोल 

प्रतिक्रिया दिनुहोस्