यात्रुवाहक बस पुलबाट खस्दा १९ को मृत्‍यु, २१ घाइते



मस्को ।

रुसको सुदूर पूर्वी क्षेत्रमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २१ जना घाइते छन् ।

स्थानीय सरकारी अधिकारीका अनुसार यात्रुवाहक बस पुलबाट नदीमा खसेर डुबेको हो । उक्त दुर्घटनापछि यहाँको सरकारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ ।

श्रेतेन्स्क सहरबाट पूर्वी मस्कोतर्फ जाँदै गरेको बस आइतबार कुएंगा नदीको पुलबाट तल हिउँले जमेको नदीमा खसेको हो ।

बसमा ४३ यात्रु र एक चालक थिए । घटनाको छानविन भईरहेको रुसी मिडियाहरुले जनाएका छन ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्