ऐतिहासिक धार्मिक एवंम साँस्कृतिक महत्व बोकेको चार धाम मध्ये बेत्रावति एक



सरस्वती न्यौपाने, रसुवा ।

सत्य युगमा भगवान शिवले हलाहल नामक विष सम्पुर्ण प्राणिहरुको रक्षा गर्न आफैले सेवन गरि त्यस विषकलाई शान्त पार्न पानीको खोजीमा हिडदा भगवान शंकरले वेदको लौरोद्धारा पानी निकालेकोले बेत्रगंगा उत्पती भई वेत्रावती भएको किम्बदन्ती रहेको छ ।

भारतको तीनगया धाम भन्दा पनि महत्वपुर्ण यस उत्तरगयामा आइ आफ्नो पितृको सम्झनामा पौषे औँसीको दिन श्राद गर्ने प्रमुख तीर्थ स्थल यस पवित्र भुमि बेत्रगंगा , रुद्रगंगा र त्रिशुल गंगाको संगम स्थलको रुपमा रहेको छ ।

प्राकृतिक छटाले भरिपुर्ण बेत्रावतिस्थित मनमोहक सात विसे झरना रहेको छ । युद्धका बेला खसालिएको ठुलो कालो ढुङगा अझैसम्म यँहा रहेको छ ।

परापुर्वकालमा तिब्बत (भोट) संगको व्यापारीक मार्गको रुपमा रहेको स्थल समेत रहेको यस ठाउँ वि.स.१८४९असोज १७ गते नेपाल तिब्बत बीच बेत्रावती सन्धि भएको ऐतिहासिक ठाउँ हो ।

सबै जातजातीको पुण्यभुमि रहेकाले विशेषगरि दश हरा मेला, हरितालिका तिज, जनै पुर्णिमा मेला, ठुलो एकादशी पर्व पौषे औसि माघे सङक्रान्ति मा स्नान गर्ने ठाउँ पनि हो ।

प्रत्येक वर्ष मकर सङक्रान्तिको दिन गोरु जुधाउने परम्परा रहि आएको छ । यस ठाउँमा शिव, राम मन्दिर र देवी स्थान पनि रहेको छ ।

उत्तरगया नामले परिचीत प्रसिद्ध तिर्थस्थल भएकोले पनि ऐतिहासिक दुई हजार फिट अग्लो दुधे लामा पहाडको फेदि तथा गोसाइकुण्डसंग जोडिएको पहाडको सँगम स्थल भएकाले हरिबोधनी एकादशिका दिन फुलको डोलि नदी वारपार तार्ने एक मात्र फुल तार्ने एकादशी मनाइने साँस्कृतिक क्षेत्र हो ।

रसुवा र नुवाकोटको संगम स्थालको रुपमा रहेको बेत्रावति धाम जिवनमा एक पटक पुग्नै पर्ने धाम रहेको छ । यस धाममा अन्तिम दाहसांस्कार गरेपछि स्वर्गमा पुग्ने जनविश्वास रहेको स्थानीय समाजसेवी गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

बेत्रावति धाम ्सँगै त्यही बाटो भएर भगवान शिव गोसाईकण्डमा पुगि विराजमान रहनुभएको हो । यस जिल्ला धार्मिक मार्गको रुपमा पनि परिचित छ । हिन्दु धर्ममा आस्था राख्नेहरु यस क्षेत्रको भ्रमण गरि पुण्य कमाउने हेतुले देश विदेशबाट हजारौँ मानिसहरु आउने गर्दछन् ।

विभिन्न धार्मिक एवम साँस्कृति रुपले महत्वपुर्ण मानिने तालतलैया हिमाल मठ मन्दिरका साथै रसुवागढी बेत्रावति जस्ता ऐतिहासिक स्थलका अलावा क्याङजिङ उपत्यका नागथलि, घले गढी, कालिका माई रहेका छन् ।

चर्चामा रहेका धार्मिक कुण्ड गोसाइकुण्ड, सरस्वतिकुण्ड, सुर्यकुण्ड, पार्वतिकुण्ड, तातोपानी, उत्तरगया धाम छन् भने ऐतिहासिक महत्वका क्षेत्रमा बेत्रावति र रसुवागढि रहेका छन् ।

यस्ता धार्मिक महत्वका आस्थाको धरोहर रहेको यस जिल्लामा आन्तरिक वाध्य पर्यटकहरुको धेरै भन्दा धेरै आगमन गराउन सके अन्त कतै जानै पर्दैन । देशकै तेस्रो पदयात्राको लागी गनतव्यको रुपमा रहेको लाङटाङ जैविक विभिधता, साँस्कृतिक, धार्मिक र पर्यावरणिय हिसावले पनि उत्तिकै महत्व बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्