२० लाख पर्यटकलाई सुरक्षा दिन सक्षम छौं



सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि २० लाख पर्यटकलाई सुरक्षा दिन सरकार सक्षम छ कि छैन भन्ने विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । दक्षिण एसियामै सुरक्षाको हिसाबले नेपाल सवलमुलुक मानिन्छ । सरकारले भ्रमण वर्ष घोषणा गरेपछि नेपाल आउने पर्यटकको सुरक्षामा खटिएको नेपाल प्रहरीको एउटा युनिट लामो समयदेखि कार्यरत छ । पर्यटक प्रहरीको नामले चिनिने सो युनिटले २० लाख पर्यटकलाई सुरक्षा दिन विभिन्न योजना बनाएको छ । पर्यटक प्रहरी प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतसँग सोही विषयलाई लिएर दीपक रिजालले गरेको कुराकानीको सारसंक्षेप :

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष भनेर घोषणा गरेको छ । नेपाल घुम्न आउने पर्यटकको सुरक्षाका लागि कस्तो योजना बनाउनुभएको छ । अनि जनशक्तिको अवस्था कस्तो छ ?

नेपाल आउने पर्यटकको सुरक्षा राज्यले दिँदै आएको छ । त्यसमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकाय परिचालन भएका छन् । राज्यले नेपाली नागरिकलाई जस्तो सुरक्षा दिन्छ विदेशबाट नेपाल आउने पर्यटकलाई पनि सोही प्रकारको सुरक्षा प्रदान गर्दै आएको छ । पर्यटक प्रहरी पनि नेपाल प्रहरीको एउटा अड्ड हो । हाम्रो मुख्य दायित्व भनेको नेपाल आउने पर्यटकलाई कुनै समस्या प¥यो भने हामीले समन्वयको भूमिका निर्वाह गरिरहेका हुन्छौं । त्यस्ता पर्यटकलाई सहजीकरण गरी नेपालमा पर्यटक प्रहरीले हामीलाई सहयोग गर्छ भन्ने विश्वास पर्यटकलाई दिलाउने काम गर्दै आएका छौं । सरकारले सन् २०२० लाई पर्यटक वर्ष घोषणा गरेको छ । हामी त्यसको तयारीमा छौं ।

भिजिट नेपाललाई सफल बनाउन हामी अहिले योजनासहित अगाडि बढेका छौं । प्रहरी प्रधान कार्यालयले पर्यटन वर्षलाई सफल बनाउन मुख्यालयमा नै अहिले प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ‘घुम्ती पर्यटक प्रहरी’ भनेर ५१ जना पर्यटकलाई मात्रै हेर्ने गरी डेक्स स्थापना गरेको छ । हामी अहिले काठमाडौंलगायत मुलुकका २७ मुख्य पर्यटकीयस्थलमा उपस्थित छौं । ती स्थानमा पर्यटक प्रहरी तैनाथ छ । अन्य ठाउँमा पनि कुनै पर्यटक अप्ठ्यारोमा प¥यो भने हामीले स्थानीय प्रहरीसँग समन्वय गरेर उनीहरुको उद्धार गर्ने र समस्याको समाधान गर्ने गरेका छौं । सम्बन्धित देशका दूतावासमा खबर गर्ने र उनीहरूको घरमा नै खबर गर्नेजस्ता काम पर्यटक प्रहरीले गर्दै आएको छ ।

अहिलेको संख्या थोरैजस्तो लागे पनि नेपाल प्रहरीको उपस्थिति मुलुकभर भएकाले स्थानीय प्रहरीसँग समन्वय गरेर काम गर्दै आएका छौं । हामीले पर्यटक प्रहरीलाई प्रविधिमैत्री बनाउनका लागि अहिले विभिन्न योजना अघिसारेका छौं ।

पर्यटक प्रहरीको संख्या कति छ रु अहिलेको जनशक्तिले २० लाख पर्यटकलाई सुरक्षा दिने अवस्था छ कि छैन ?

हामीसँग अहिले २ सय २७ जनाको दरबन्दी रहेको छ । एउटा युनिटमा ८ देखि १० जना प्रहरीको संख्या परिचालन गरेका छौं । पर्यटक सुरक्षा सँगै टुरिजम सेक्युरिटीको पनि हामी कुरा गर्दै आएका छौं । हामीले नेपाल आउने पर्यटकलाई यहाँको नियम कानुनको बारेमा जानकारी गराउने र उनीहरूलाई समस्यामा परे भने समाधान गरी दिनेजस्ता काम गर्दै आएका छौं । अहिलेको संख्या थोरैजस्तो लागे पनि नेपाल प्रहरीको उपस्थिति मुलुकभर भएकाले स्थानीय प्रहरीसँग समन्वय गरेर काम गर्दै आएका छौं । हामीले पर्यटक प्रहरीलाई प्रविधिमैत्री बनाउनका लागि अहिले विभिन्न योजना अघिसारेका छौं । हाम्रो काम सुरक्षासँगै उनीहरूलाई सहजीकरण गर्ने पनि रहेकाले सोहीअनुरूप काम गर्दै आएका छौं। हामीले कुनै पनि पर्यटक नेपालमा रहँदा–बस्दा, उसको ट्राभल डकुमेन्ट हरायो भने उनीहरूलाई ट्राभल डकुमेन्ट बनाउने काममा सहयोग गर्दै आएका छांै ।

कुनै पनि पर्यटकले आफ्नो डकुमेन्ट हराएर हामीकहाँ आयो भने हामी उसको ट्राभल हिस्ट्री र उसको क्रियाकलापका बारेमा जानकारी दिने र उसको गतिविधि अवैध छैन भन्ने प्रमाणित भएपछि मात्रै हामीले उसलाई ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्ने गरेका छौं । नेपाल सरकारले पनि पर्यटन क्षेत्रलाई अहिले बढी नै महत्व दिएको छ। हामी पनि पर्यटकलाई कसरी सुरक्षा दिन सकिन्छ भन्नेतर्फ लागेका छौ । पर्यटक क्षेत्रमार्फत सुखी र समृद्ध नेपाल बनाउने अभियानलाई अझै मजबुत बनाउनेतर्फ अग्रसर हुँदै गएका छांै । मुलुकको विकासको आधार बनाउने हो भने पर्यटन सुरक्षालाई मजबुत बनाउनुपर्दछ ।

दुई सय २७ जना पर्यटक प्रहरीले २० लाख पर्यटकलाई सुरक्षा दिन सक्ला त ?

मैले अघि नै भनिसकें संख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक हिसाबले हामी अघि बढेका छौं । नेपाल प्रहरीको देशभर सञ्जाल छ । कुनै पर्यटकलाई कुनै ठाउँमा समस्या प¥यो भने हामी तत्कालै स्थानीय प्रहरीसँग समन्वय गरेर समस्यामा परेका पर्यटकको समस्या समाधान गर्न लागिपर्नेछौं र २०२० लाई लक्षित गरेर त्यही अनुरूपको योजना बनाएका छौं । २० लाख पर्यटकको सुरक्षा दिन नेपाल प्रहरी सक्षम छ । हामीले २० लाख पर्यटकलाई सुरक्षा दिन सकिँदैन कि भन्ने दुबिधा छैन । हामीले यसलाई सहजरूपमा लिएका छांै । हामीले नेपाल आउने पर्यटकलाई सुरक्षा दिन सकिन्न भन्ने सूचना विभिन्न रूपमा प्रवाह गरिरहेका छौं । हामीले ‘भिजिट नेपाल २०२०’ को कार्यालयसँग सहकार्य गरेर नमस्ते नेपाल भनेर विभिन्न स्थानमा सेल्टरहरू राख्ने काम गरिरहेका छौं । पर्यटक प्रहरी नभएको ठाउँमा पनि स्थानीय प्रहरीसँग समन्वय गरेर हेल्प डेक्स राख्ने काम गरिरहका छौं । संगठन प्रमुखले पनि पर्यटन वर्षलाई सफल बनाउन विभिन्न योजना अघि सार्नुभएको छ। सोहीअनुरूप हामी परिचालित भएका छौं । अन्तर्राष्ट्रियस्तरमा नेपाल प्रहरीको छवि उच्चराख्न हामी लागिपरेका छौं ।

राज्यले पर्यटन सुरक्षाका लागि कुनै योजना बनाउँदै छ कि ?

अवश्य छ । राज्यले अहिले पर्यटकका नाममा भएका विभिन्नखाले अवैध गतिविधि रोक्न, हिमाली क्षेत्रको पर्यावरणीय अवस्थालाई चुस्तदुरुस्त राख्न, फेक रेस्क्यु रोक्नका लागि एकिकृत योजना बनाउँदै छौं । हामीले त्यसलाई कार्यान्वयन गर्न लागिपरेका छौं । राज्य अहिले साँच्चिकै पर्यटन व्यवसायलाई व्यवस्थित बनाउने योजनामा लागेको छ । नयाँ नीति, नियमहरू बन्दै छन् । नयाँ नीतिनियमहरू आएपछि पर्यटकलाई साँच्चिकै नेपाल सुरिक्षत छ, एकपटक नेपाल घुम्न जानुपर्दछ भन्ने अवस्था सिर्जना गर्न सरकार लागिपरेको छ ।

हामीले ‘भिजिट नेपाल २०२०’ को कार्यालयसँग सहकार्य गरेर नमस्ते नेपाल भनेर विभिन्न स्थानमा सेल्टरहरू राख्ने काम गरिरहेका छौं । पर्यटक प्रहरी नभएको ठाउँमा पनि स्थानीय प्रहरीसँग समन्वय गरेर हेल्प डेक्स राख्ने काम गरिरहका छौं ।

नेपाल भित्रिने पर्यटकको अवस्थाका बारेमा जानकारी राख्ने कुनै मेकानिज्म पनि तयार गर्नुभएको छ कि ?

संसारभरबाट घुम्न निस्कने पर्यटकले त्यहाँको सुरक्षा अवस्थका बारेमा जानकारी लिएर मात्रै आउने गर्दछन् । हाम्रो पनि दायिŒव भनेको नेपाल आएका पर्यटकको अवस्थाका बारेमा जानकारी लिनुपर्ने हुन्छ । अहिले उनीहरू नेपालमा रहँदा कुन अवस्थामा कुन–कुन ठाउँमा पर्यटक पुगेका छन् भनेर मनिटरिङ वा अवस्थाका बारेमा जानकारी दिनका लागि होटल एसोसिएसन र अध्यागमन विभागसँग मिलेर काम गरिरहका छौं । त्यसका लागि हामीले नयाँ सफ्टवेर बनाइरहेका छौं । हामीले पर्यटकलाई ट्याकिङ गर्ने होइन, उनीहरूको अवस्थाका बारेमा जानकारी लिने सफ्टवेर निर्माण गरिरहेका छौं । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि नेपाल पोर्टल ल्याउँदै छ । त्यसको उद्देश्य भनेको नेपाल आएका पर्यटकहरू कुनकुन ठाउँमा गए र के के गरे भनेर जानकारी राख्ने काम गर्नु हो ।

अहिलेसम्म हामीले पर्यटकीय क्षेत्रमा गएका पर्यटकको अवस्थाका बारेमा स्थानीय होटल व्यवसायीसँग मिलेर पर्यटक प्रहरीले काम गरिरहेका छौं । अहिले हामीले कुन क्षेत्रमा कति पर्यटक गए भनेर काठमाडौंमा नै बसेर त्यहाँका बारेमा जानकारी लिन सक्ने सिस्टम बनाएका छौं। हामीले टिम्स नेपालसँग पनि मिलेर पर्यटकको अवस्थाको बारेमा जानकारी लिने गरेका छौं ।

जुन उद्देश्य लिएर पर्यटक प्रहरी स्थापना भएको थियो त्यहीअनुरूप काम गर्न सफल हुनुभएको छ त ?

हामी उद्देश्यअनुरुप नै काम गरिरहेका छौं । नेपाल आउने पर्यटकको गुनासो शतप्रतिशत जस्तो नै समाधान गरिरहका छौं । नेपाल आएका पर्यटकको सामान हराएमा फेला पारेर उनीहरूलाई हस्तान्तरण गरेको प्रतिशत हेर्ने हो भने पनि त्यो झन्डै ९६ प्रतिशतको हाराहारीमा रहेको छ । हामीले विभिन्न स्टेकहोल्डरको सहयोगले नै त्यो समाधान गर्न सफल भएका छौं। हामीले सबैसँग समन्वय गरेको कारण पर्यटकका हरप्रकारका समस्या समाधान भएका छन् । हामीले नेपाल आउने सबै पर्यटक हाम्रा भगवान् मात्रै हुँदैनन् भनेर गलत मनसाय राखेर नेपाल आउने पर्यटकको अवस्थाका बारेमा मनिटरिंङ गरिरहेका छौं । अब त्यो गर्नुपर्ने अवस्थासमेत आएको छ ।

पर्यटकको छद्म भेषमा अपराधीहरूको आश्रयस्थल नेपाल बन्दै गएको भन्दै विभिन्न मुलुकले नेपालमाथि आरोप लगाउने गरेकाछन् नि रु के अवस्था त्यस्तै हो त ? 

त्यो स्तरको जानकारी मसँग छैन । तर सबै पर्यटक भगवान् नहुन सक्छन् । सरकार त्यो विषयमा सचेत छ जस्तो लाग्छ । हामीले चाहिँ नेपाल आउने पर्यटकका बारेमा जानकारी लिने काम गरिरहेका छौं । अन्य देशले आरोप लगाएको अवस्था पनि छैन जस्तो लाग्छ । विभिन्न देशमा अपराध गरेर नेपाल प्रवेश गरेका अपराधीलाई हामीले समातेर कारबाही गरिरहेका छौं । हामीले विभिन्न प्रकारका र अपराधमा संलग्न रहेका पर्यटकलाई कारबाही गरिरहेका छौं । जस्तै बाल यौनदुराचारमा संलग्न रहेका अभियुक्तलाई पक्राउ गरी कारबाही अगाडि बढाएका छौं । नेपालमा अन्तर्राष्ट्रिय लागूऔषध माफियाहरू पक्राउ परिरहेका छन् । हामी सचेत छौं, हामीले निगरानी पनि बढाएका छौं । हामीले अनुगमन गर्ने कार्यलाई तीव्र बनाएका छौं ।

पर्यटन वर्षलाई लक्षित गरेर सरकारले मुलुकभरका १ सय स्थानलाई पर्यटकक्षेत्र भनेर घोषणा गरेको छ । यहाँले भन्नुभयो २७ स्थानमा हामी छौं भनेर । ती सबै स्थानमा पर्यटक प्रहरी पुग्न सक्छ त ?

हामी योजना बनाएर अगाडि बढेका छांै । हामीले ती सबै स्थानमा सूचना केन्द्र बनाएर राख्ने योजना बनाएका छौं । अहिले नेपाल भित्रिने पर्यटकलाई सहज होस् भनेर अध्यागमन विभागसँग समन्वय गरेर काम गरिरहेका छौं । हामीले पर्यटक प्रहरीलाई स्याटलाइट प्रहरीका रूपमा परिचालन गर्न पनि सरकारसँग आग्रह गरेका छौं । हामीले हाम्रो उपस्थिति नरहेको ठाउँमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्ने तयारी गरेका छौं । यसअघि पनि हामीले स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेका छौं र अब पनि सोहीअनुरूपले काम गर्नेछौं । हामीले पर्यटकले आफू जाने ठाउँको सुरक्षा अवस्थाका बारेमा जानकारी लिने गर्ने भएकाले सबै स्थानमा पर्यटक प्रहरीको उपस्थितिका लागि योजना पेस गरेका छांै त्यो हाम्रो योजना पनि पूरा हुन्छ भन्नेमा हामी आशावादी छांै ।

पर्यटन वर्ष नजिकिँदो अवस्थामा छ । योजना पेस गर्नुभएको छ । के यहाँहरूले पेस गरेको योजना कार्यान्वयन होला त रु आशावादी हुनुहुन्छ ?

म आशावादी छु । सरकारले पर्यटन वर्षलाई सफल बनाउन विभिन्न कोणबाट अगाडि बढिरहेको छ । हामीले पेस गरेको योजना पास हुन्छ भन्नेमा आशावादी छौं । सरकारले भ्रमण वर्षलाई सफल बनाउन कुनै कसुर बाँकी नराख्ने भनेको छ । त्यसकारण हाम्रो योजना स्वीकृत भएर कार्यान्वयनमा आउँछ भन्ने लाग्छ मलाई । हामी सबै मिलेर काम गर्ने त्यसबाट सामूहिक सफलता हात पार्ने अवस्थामा रहेकाले हाम्रो योजना कार्यान्वयन हुन्छ भन्नेमा ढुक्क छु ।

नेपाल घुम्न आउने पर्यटक कस्तो समस्यामा पर्ने गरेको पाउनुभएको छ ?

नेपाल घुम्न आउने पर्यटकको मुख्य समस्या भनेको सामान हराउने हो । चोरी भएको भन्दा पनि हराएको भन्दै बढी पर्यटक यहाँ गुनासो गर्न आउने गर्नुभएको छ । बितेको ७ महिनामा ६ सयवटा गुनासो पर्यटकहरूले हामीलाई टिपाउनुभएको छ । त्यसमध्ये ४ सय ३३ वटा गुनासो सामान हरायो भन्ने छ । त्यसपछि १५ देखि २० प्रतिशत पासपोर्ट हराएको उजुरी गर्न आउनुभएको पाइन्छ । हामीले त्यस विषयमा पनि गहन भएर अनुसन्धान गर्ने गरेका छौं । केही मात्रामा चाहिँ नेपालीले ठगेको गुनासो आउने गरेको छ । हामीले सकेसम्म सबै समस्या समाधान गरेर पठाउने गरेका छौं । पछिल्लो समय नेपाल घुम्न आउने भारतीय पर्यटकलाई राजधानीका विभिन्न नाममा खुलेका क्लबहरूले ठगी गर्ने गरेको गुनासो आएपछि हामीले कारबाही नै गरेका छांै । स्थानीय प्रहरीसँग समन्वय गरेर कारबाही गरेका छौं ।

अहिले हामीले वार, डिस्कोमा बढी निगरानी गरेका छौं । ३० जना जति डान्स डिस्कोका सञ्चालकलाई हामीले कारबाही नै गरेका छौं । नेपालको छविलाई असर पार्ने क्रियाकलापमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याएका छौं । हामीले साना होटल व्यवसायी तथा होमस्टे सञ्चालकलाई पर्यटक मर्कामा नपरुन् भनेर उनीहरुलाई अभिमुखीकरण तालिमको समेत व्यवस्था गरेका छौं । भाडाका सवारी साधनले बढी पैसा लियो भन्ने गुनासो आएपछि हामीले सवारी चालकलाई समेत तालिम दिने काम गरेका छौं ।

पर्यटकहरूलाई पर्यटकीयस्थलमा सामान बेच्ने नाममा हैरानी दिने समूहलाई नियन्त्रण गर्ने योजना प्रभावकारी हुन नसकेको पर्यटकहरूको गुनासो सुनिन्छ नि रु

हामीले काठमाडौँ उपत्यकामा हामीले दैनिक निगरानी गर्ने गरेका छौं । त्यसरी पर्यटकलाई हैरानी पार्नेहरूलाई कारबाहीको दायरामा पनि ल्याएका छौं । हामी त्यस्तो क्रियाकलाप न्यूनीकरण अभियानमा नै छौं । हामीले हर्कस फ्रि जोन घोषणा गरेका छौं । पशुपति, पाटनलगायतका स्थानमा उक्त व्यवस्था लागू गरिसकेका छौं । सबै क्षेत्रमा हामीले यो अभियान प्रभावकारीरूपमा लागू गर्ने योजना बनाएका छौं । हामी अहिले स्थानीय निकायसँग नै मिलेर काम गरिरहेकाले त्यस्ता समस्या आउन नदिन लागिरहेका छांै । हामीले अहिले ठमेललाई व्यवस्थित बनाउन विभिन्न सरोकारवाला निकायसँग छलफल गरिरहेका छौं । स्थानीयस्तरमा गाइड राख्ने कामलाई तीव्र बनाएका छौं ।

नेपाल आउने पर्यटकलाई थप सुविधा दिने कुनै योजना बनाउँदै हुनुहुन्छ कि ?

राजधानीमा ट्राफिकको समस्या छ । हामीले अहिले सरोकारवाला निकायसँग मिलेर पर्यटक सवारी साधनलाई बढी प्राथमिकता दिएर अगाडि बढ्ने निर्णय गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्